भारतको घातक बलिङसामु निरीह बन्यो दक्षिण अफ्रिका

जोहानेसवर्ग । अर्शदीप सिंह र अभेष खानको घातक बलिङसामु दक्षिण अफ्रिका निरीह बनेको छ । भारतविरुद्धको पहिलो एकदिवसीय खेलमा घरेलु टोली ८ विकेटले पराजित भएको हो ।

पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाको पाली ध्वस्त पार्न सिंहले १० ओभरमा मात्र ३७ रन खर्चेर ५ विकेट लिए । उनलाई ८ ओभरमा २७ रन खर्चेर ४ विकेट लिएका खानले राम्रो साथ दिए । कुलदीप यादवले थप विकेट लिएपछि दक्षिण अफ्रिका मात्र २७.३ ओभरमा ११६ रनमा अलआउट बन्यो ।

दक्षिण अफ्रिकाका लागि एन्डिले फेलुकवायोले सर्वाधिक ३३ रन बनाए । त्यस्तै टोनी डी जोर्जीले २८ तथा कप्तान एडन मारक्रमले १२ रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

जीतका लागि ११७ रनको लक्ष्य पाएको भारतले १६.४ ओभरमा मात्र २ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो । भारतका लागि साई सुदर्शनले नटआउट रहँदै ४३ बलमा ५५ रन बनाए । श्रेयस ऐयरले आउट हुन अघि ५२ रन बनाए । अब दोस्रो एकदिवसीय खेल मंगलबार खेलिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *