बन्धकहरूको रिहाइको माग गर्दै इजरायलमा विशाल प्रदर्शन

इजरायलको तेल अभीभ सहरमा शनिबार राति हमासले बन्धक बनाएकालाई रिहाइको माग गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले सबै बन्धकहरूलाई इजरायल फिर्ता ल्याउन सरकारसँग माग गरेका छन्।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा २४० भन्दा बढी मानिसलाई बन्धक बनाएको थियो। बन्धकहरूलाई रिहा गर्न इजरायली सरकारमाथि दबाब बढिरहेको छ। शनिबार नै इजरायली सेनाले आइडीएफ सैनिकको गोलीबाट तीन निशस्त्र बन्धकको मृत्यु भएको बताएको थियो।

यसअघि इजरायल र हमासबीचको युद्धविरामका क्रममा दर्जनौं बन्धकहरूलाई पनि रिहा गरिएको थियो। यसै क्रममा प्रधानमन्त्री नेतन्याहुले बन्धकहरुलाई रिहा गर्न इजरायली सेनाको अभियान जारी रहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *