रक्तचाप ह्वात्तै घट्यो भने के गर्ने ?
जब कसैको शरीरमा रगतको प्रवाह सामान्यभन्दा कम हुन्छ, यसलाई न्यून रक्तचाप भनिन्छ । तर मानिसहरूले न्यून रक्तचापलाई गम्भीर रूपमा लिंदैनन् । जबकि शरीरमा कम रक्तचापका कारण आवश्यक अंगहरुमा पूर्ण रगत पुग्दैन, जसले गर्दा तिनीहरूको काममा बाधा पुग्छ । मानिसको शरीरमा हुनुपर्ने सामान्य रक्तचाप १२०/८० हो । यसबाट अलिकति तलमाथि हुँदा फरक पर्दैन । माथिल्लो रक्तचाप…
पेरिस पारालिम्पिक : पहिलो खेलमा नेपालकी पलेशाको जित
भदौ १४ । पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत के–४४ क्याटगोरीको महिला ५७ केजीमुनिको पहिलो खेलमा नेपालकी पलेशा गोबर्धनले जित निकालेकी छिन्। राउन्ड अफ १६ को खेलमा पलेशाले भेनेन्जुएलाकी भलेरियाविरूद्ध शुक्रबार ३१-० को जित निकाल्दै अन्तिम आठमा पुगेकी हुन्। अब उनले अन्तिम आठमा ब्राजिलकी सिल्भाना मायारासँग आजै प्रतिस्पर्धा गर्नेछिन्। यो स्पर्धामा ११ खेलाडी छन्। पलेशाले छनोट चरण पार…
वरियता क्रम मिचेर मुख्यसचिव बनाउँदाको असर : सचिव भट्टराईले पनि दिए राजीनामा
भदौ १५ । सरकारले चौथो वरीयताका एकनारायण अर्याललाई मुख्य सचिव नियुक्ति गरेपछि अन्य सचिवहरूले धमाधम राजीनामा दिन थालेका छन्। नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका मन्त्रालय स्राेतले जनाएको छ। यसअघि योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए। भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले…
दुर्घटना धेरै बढ्यो, घटाउनुपर्यो : गृहमन्त्री लेखक
भदौ १२। गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँमा काम गर्नुपर्ने बताएका छन् । बुधबार दिउँसो गृह मन्त्रालयमा सरोकारवालाहरुसँग भएको छलफलमा गृहमन्त्री लेखकले दिनमा ७ जनाको मृत्यु हुनु चिन्ताको विषय भएको बताए । यातायात व्यवसायीलाई दक्ष सवारी चालक राख्न आग्रह गर्दै उनले भने, ‘दुर्घटना धेरै बढ्यो । सडक सुरक्षा परिषद, सडक विभाग,…
विधिसम्मत गरिएका कामहरूमा ठेकेदारको भुक्तानी रोकेका छैनौ : अर्थमन्त्री पौडेल
भदौ १२ । अर्थमन्त्री विष्णु पौडेलले विधिसम्मत गरिएका कामहरूमा ठेकेदारको भुक्तानी नरोकिएको दाबी गरेका छन् । त्यस्तो आयोजनाको भुक्तानी नरोकिने समेत उनले बताए । संसदमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले रुग्ण आयोजनाको पुनर्प्राथमिकीकरण गर्नुपर्ने बताए । ‘पर्याप्त स्रोतको अभावमा…
टुँडिखेलमा हो-हल्ला गर्ने युवाहरूलाई पक्राउ गरिएछ, रिहा गरियोस्: सांसद ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको आरोपमा पक्राउ परेका युवाहरूलाई रिहा गर्न माग गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले युवाहरूको विरोधलाई अराजक शैली भन्दै पक्राउ गरिनु गलत भएको बताए। सरकारले युवाका विरोधका बोली सुन्नुपर्ने पनि उनले बताए। युवाहरूले सिंहदरबारमा बस्नेहरूलाई खबरदारी गरेको…
संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान: सूर्यदर्शन र सुप्रिम सहकारीबाट ऋण लिएको रवि लामिछाने म होइन
भदै ८ । पूर्व उपप्रधान एवम गृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सूर्यदर्शन र सुप्रिम सहकारीबाट ऋण लिएको रवि लामिछाने आफू नभएको बताएका छन्। सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले शुक्रबार अपराह्न साढे ४ बजेदेखि राति साढे ११ बजेसम्म लिएको बयानमा लामिछानेले ५० वटा प्रश्नको सामना गरेका थिए। गोर्खा मिडियाका अध्यक्ष…
सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन ३ हजार बढ्यो
२ भदौ,। एकैदिन सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेकोमा आज १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि साउन ३० गते सुनको भाउमा १ लाख…
नेपाली कांग्रेसका मन्त्रीले महिनामा दुईपटक पार्टीसँग बैठक गर्ने
२ भदौं, काठमाडौं । पार्टीबाट मन्त्री बनेकाहरुसँग नेपाली कांग्रेसले महिनाको दुईपटक छलफल गर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेस सहभागी भएपछि शनिबार पहिलोपटक पार्टीबाट मन्त्री बनेकाहरुसँग छलफल गरिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार साँझ ५ बजेदेखि राति १० बजेसम्म छलफल भएको थियो । बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का,…
आज राष्ट्रिय सभाको बैठक बस्दै
भदौ २ । राष्ट्रिय सभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार दिउँसो सवा १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ। बैठकका लागि दुईवटा कार्यसूची छ। कानुनमन्त्री अजय चौरसियाले नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संसोधन) विधेयक २०८१ पेस गर्ने कार्यसूची छ। आजकै बैठका सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी टीआरसी विधेयक…
प्रतिनिधि सभाबाट टिआरासी बिधेयक पारित
प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ पारित भएको छ। बुधबारको प्रतिनिधि सभा बैठकमा यो विधेयकमाथि दलीय आधारमा सांसदहरूले धारणा राखेका थिए। त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। सभामुख देवराज घिमिरे बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको…