सगरमाथा क्षेत्रमा असोज महिनामा झण्डै नौ हजार पर्यटक

काठमाडौ – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिनामा झण्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । जसबाट निकुञ्जले दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ रुपैयाँ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी…

Read More

अस्ट्रेलिया पठाइदिने भन्दै १७ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौ –  वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ८ जीवनपुर घर भई काठमाण्डौको लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्ताैला रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गर्ताैलाले आकर्षक तलबको प्रलोभनमा पारी अस्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट १७ लाख…

Read More

बेहुली फ्रम मेघौली’ ओटीटी एप मा सार्वजनिक

काठमाडौ –  नेपाली कथानक चलचित्र ‘बेहुली फ्रम मेघौली’ ओटीटी एप एमएसएम (MSM)मा सार्वजनिक भएको छ । फेसबुकमा एक पोस्ट राख्दै निर्देशक एवं कलाकार निश्चल बस्नेतले अमेरिका, जापान र सिङ्गापुर बाहेकका सबै देशमा यो चलचित्र ओटीटी एपमार्फत हेर्न सकिने जानकारी दिए । बस्नेतका अनुसार ती तीन देशका हलमा यो चलचित्र अझै प्रदर्शनरत रहेकाले ओटीटीमा उपलब्ध नगराइएको हो ।…

Read More

रविमाथि दुर्व्यवहार गरेको भन्दै रास्वपाद्वारा आयोगमा उजुरी गर्ने तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले दुर्व्यवहार गरेको भन्दै रास्वपाले उजुरी गर्ने भएको छ ।  अनुसन्धानको क्रममा मानव अधिकारको हनन हुनेगरि दुर्व्यवहार गरेको भन्दै रास्वपाले मानव अधिकार आयोगमा उजुरी दिने निर्णय गरेको कानून व्यवसायी यज्ञमणि न्यौपानेले बताए ।  उनले खबरहबसँग भने, ‘हामी अहिले नै आयोगमा उजुरीका लागि जाने भएका छौँ । थप कुरा पछि आउँछ ।’  न्यौपाने…

Read More

कञ्चनपुरमा एक दम्पती मृत फेला

काठमाडौ –  कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमला बडायक ओछ्यानमै मृत  भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो ।  त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए ।  ‘घटना शङ्कास्पद छ, उनले भने, ‘मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ,…

Read More

देशैभरका सरकारी कार्यालयहरूमा डेङ्गी विरुद्धको अभियान

काठमाण्डौ – सरकारले हरेक हप्ता शुक्रवार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेङ्गी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय गरेको छ । डेङ्गी सङ्क्रमणको बढ्दो स्थितिलाई हेर्दै स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले शुक्रवार १० बजे १० मिनेटका लागि सबै सरकारी कार्यालयमा सरसफाई अभियान चलाउने निर्णय गरेको हो । सरकारी कार्यालयमा रहेको ग्यारेजसहितका ठाउँहरुमा प्रयोगविहीन टायर वा गाडीमा पानी…

Read More

नेपाल विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरूको विद्युत लाइन काट्न थालेको छ । प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको छ । साथै जगदम्बा स्टिल, हुलास स्टिल, अशोक स्टिल र हामा आइरनको पनि विद्युत लाइनसमेत काटिएको छ । यसअघि कार्यकारी निर्देशक घिसिङले बिहीवार साँझ…

Read More

अर्घाखाँचीमा प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध

अर्घाखाँची– यहाँको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो । नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो ।  नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन र उद्योग वाणिज्य सङ्घलाई…

Read More

रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने र उनका व्यवसायिक साझेदार छविलाल जोशीसहित १२ जना विरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि जिल्ला अदालत रुपन्देहीले हिजो उनीहरुविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो । पक्राउ पुर्जी  जारी भएसँगै अब रवि लामिछानेलाई…

Read More

घट्यो सुनको मुल्य

चितवन –  केही दिनदेखि लगातार बढेको सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो नयाँ कीर्तिमान बनाएर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार सात सय रुपैयाँ पुगेको सुनको भाउ आज सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको…

Read More