JIN0TkF.gif

विजयादशमीको शुभ साइतः नेपालमा असोज २६ र अष्ट्रेलियामा असोज २७ गते

चितवन –  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जनाएको हो । समितिका…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल भदौ ५ गते बुधबार तदनुसार सन् २०२४ अगष्ट २१ तारिख । भद्र कृष्ण पक्षको द्वितीया तिथि। चन्द्रमा अनुसार  व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । जसअनुसार आज तपाईंको दैनिकी यस्तो रहेको छ। मेष : विवेकले काम गर्नुपर्ने समय छ । समस्यालाई हटाएर गरेको काम सफल बन्नेछ । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट…

Read More

आज गाईजात्रा पर्व ननाईदै, बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाण्डौ – आज गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने गरिन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि दिवङ्गत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन्…

Read More

आज बुद्ध जयन्ती, विविध कार्यक्रम गरेर मनाइँदै

चितवन –  शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।…

Read More

आज अक्षय तृतीया मनाइँदै

चितवन –  वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता…

Read More

आज महाशिवरात्रि, महादेवको पुजा आराधना गरि मनाईदै

चितवन –  आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको…

Read More

महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु र मदिरा बिक्रीमा रोक

चितवन –  महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ। यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो। महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरू आउने क्रम सुरु भइसकेको छ भने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ।…

Read More

आज देशभर मगर एकता दिवस मनाइँदै

चितवन –  आज ४२औँ मगर एकता दिवस मनाइँदैछ। देशैभरका मगर समुदायले राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन्। २०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो।त्यसैको सम्झनामा मगर सङ्घ र सम्बन्धित सङ्घ–संस्थाले एकता दिवसको रुपमा मनाउँदै आएका छन् । मगर सङ्घका पूर्व केन्द्रीय…

Read More

आज सरस्वती पुजा

चितवन –  सरस्वती विद्या, ज्ञान–विज्ञान, कला–शिल्प, संगीतकी देवी हुन् । शास्त्रमा श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी उल्लेख छ । माता सरस्वतीको जन्मोत्सव माघ शुक्लपक्षको वसन्त पञ्चमीको रुपमा मनाइन्छ । विद्याकी खानी देवी सरस्वतीको पूजा…

Read More

आज माघे सङ्क्रान्ति, देवघाटमा स्नान गर्न आउने भक्तजनको घुइँचो

चितवन –  पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको…

Read More