JIN0TkF.gif

पुन: मणिपुरमा हिंसा, ३ जनाको मृत्यु

जातीय हिंसाबाट प्रताडित भारतको उत्तरपूर्वी राज्य मणिपुरको विष्णुपुर जिल्लामा शुक्रबार राति भएको पछिल्लो हिंसामा तीन जनाले ज्यान गुमाएका छन्। बिहीबारदेखि नै उक्त जिल्लामा हिंसात्मक गतिविधि हुने आशंका गरेको प्रहरीले हिंसा रोक्न नसकेकामा खेद प्रकट गरिएको छ। उक्त जिल्लामा गोली प्रहारका छिटपुट घटना सुनिएका तथा भीडभाड बढेका विवरण प्रहरीले प्राप्त गरेको थियो। यसैबीच, तीन महिनादेखि जातीय कलह…

Read More

सरकारी उपहार बेचेको अभियोगमा पुर्वप्रधानमन्त्रीलाई ३ वर्षको जेल

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफका अध्यक्ष इमरान खान पक्राउ परेका छन्। ट्रयाल कोर्टले गैरकानुनीरूपमा सरकारी उपहार बेचेको अभियोगमा खानलाई तीन वर्षको जेल सजाय सुनाएपछि उनलाई पक्राउ गरिएको हो। लाहोरस्थित निवासबाटै खानलाई पक्राउ गरिएको एजेन्सीहरूले उल्लेख गरेका छन्। तेहरिक-ए-इन्साफले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने जनाएको छ। पार्टी प्रवक्ताले प्रेस विज्ञप्ति जारी गर्दै फैसलामा विभेद् भएको…

Read More

भारतद्वारा ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध

ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध लगाउने भारत सरकारको निर्णय अब नोभेम्बर १ गतेदेखि लागू हुने भएको छ ।  वाणिज्य तथा उद्योग मन्त्रालयले शुक्रबार राति एक सूचना जारी गर्दै प्रतिबन्ध लागू गर्न म्याद थप गरेको हो । यसअघि नै पैठारी भइसकेका सबै सामान अक्टुबर ३१ गतेसम्म बिना लाइसेन्स पैठारी गर्न सकिने पनि यस सूचनामा भनिएको छ । नोभेम्बर…

Read More

डेङ्गुले २५१ जनाको मृत्यु

ढाका : बङ्गङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले सोमबार थप चार जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि गरेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर यो वर्ष हालसम्म डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ५१ हजार ८३२ पुगेको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत असारमा पाँच…

Read More

क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु

भारत महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको छ । थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ जनाले ज्यान गुमाएका तथा अन्य तीन जना गम्भीर घाइते भएका उद्धारमा संलग्न एक अधिकारीले एएनआईलाई बताए । दुर्घटना गएराति साढे एक…

Read More

कोरिया भाषा परीक्षाकाे आवेदन खुल्यो

दक्षिण कोरियामा पानी जहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि भाषा परीक्षाकाे आवेदन फारम खुलेको छ । इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ । नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत नेपाली…

Read More