JIN0TkF.gif
JINuGe4.gif

रेशम चौधरीबारे संसदबाटै मागियो प्रधानमन्त्रीसँग जवाफ

 

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

२ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउबारे सांसदहरूले प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले एक जना कर्मचारीले अदालतबाट फर्जी पक्राउ पुर्जी बनाउने आँट गर्न नसक्ने बताए ।

 

अदालतबाट फर्जी पक्राउ पुर्जी बनाएर चौधरीलाई पक्राउ गरेर ५ घण्टासम्म काराबासमा राखिनुका पछाडि राजनीतिक सम्बन्ध हुन सक्ने उनीहरूको आशंका छ ।

नागरिक उन्मुक्ति पार्टीले त चित्त बुझ्दो जवाफ नदिए संसद्‍मा अवरोध गर्ने र सरकारलाई दिएको समर्थन नै फिर्ता लिने चेतावनी दिएको छ ।

 

नाउपाका सांसद गंगाराम चौधरी सर्वोच्च अदालतमा एक जना कर्मचारीले फर्जी पक्राउ पुर्जी बनाएर अगाडि बढाउन नसक्ने बताउँछन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash