नागरिक बचाउ दल नेपालका केन्द्रीय सभापति माधव कल्पितको नेतृत्वमा विभिन्न राजनीतिक दल तथा नागरिक अगुवाको सहभागितामा निर्वाचन बहिस्कारको चेतावनि सहित पौष -११ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
अन्तरिम सरकारले जनभावना विपरित गर्न लागेको निर्वाचनले जनताको भावना अनुसारको नतिजा ल्याउने गरी सरकारले गर्नपर्ने काम गर्न नसकेको निष्कर्ष आफूहरूले निकाले कल्पितले बताए । उनले भने, ‘जेन–जी आन्दोलनपछि गठन भएको सरकारले तोकेको निर्वाचनबारे हामी विभिन्न राजनीतिक दल, स्वतन्त्र नागरिक समाज,को निचोड केहो भने जेन–जी आन्दोलनको मूल उद्देश्य निर्वाचन नभई शान्ति, सुशासन र भ्रष्टाचारको अन्त्य थियो। तर आन्दोलनबाट उठाइएका माग तथा उद्देश्यहरू हालसम्म प्रभावकारी रूपमा सम्बोधन तथा कार्यान्वयन भएनन् । यो अवस्थामा हुने निर्वाचनले देश र जनताको चाहना तथा भावनाअनुसारको परिणाम आउन सक्ने वातावरण बनेको छैन ।’
उनले निर्वाचन केवल प्रक्रियागत औपचारिकता नभई दिगो शान्ति, सुरक्षा, सु–व्यवस्था र सुशासनको स्थापनाको माध्यम हुनुपर्छ भन्ने आफूहरूको धारणा रहेको बताए । कल्पितले संविधानभित्र रहेका केही त्रुटिपूर्ण तथा विवादित प्रावधानमा आवश्यक संशोधन, परिमार्जन वा न्यूनतम राजनीतिक समझदारी कायम नगरी निर्वाचनमा जानु उपयुक्त नहुने निष्कर्षसहित आफूहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिएका छन् ।
उनले भने, ‘सर्वसाधारण नागरिकहरूमाझ अझै पनि भय, त्रास र असुरक्षाको वातावरण विद्यमान छ । जेन–जी आन्दोलनका क्रममा खोसिएका तथा लुटिएका हातहतियारहरू र ठूलो संख्यामा रहेका कैदीबन्दी अझै सरकारको नियन्त्रणमा आएका छैनन् । यस्तो अवस्थामा कसरी निर्वाचन हुनसक्छ ।’
आम मतदाता तथा सर्वसाधारण नागरिक बिच त्रासको वातावरण कायमै रहँदा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्भव नहुने भएकाले सरकारबाट आवश्यक सुरक्षा, विश्वास र अनुकूल वातावरण सुनिश्चित नभएसम्म हामी तपसिलमा उल्लिखित दलहरू निर्वाचन प्रक्रियामा सहभागी हुन नसक्ने कुरा ज्ञापन पत्र मार्फत प्रधानमन्त्री समक्ष राखेको कुरा कल्पितले बताए ।
प्रधानमन्त्रीलाइ अहिलेको बिषम परिस्थितिबारे हामीले जानकारी गराएका छौ । यति हुदा हुदै पनि वहाँहरु अघि बढ्नु भयो भने त्यो मुर्खता हुनेछ । हामी दुर्गा प्रसाइ नेत्रित्वको नागरिक बचाउ महाअभियानमा जोडिएर सडक आन्दोलन र चुनाव बहिस्कार गर्ने छौ भेटपछि कल्पितले आफ्नो धारणा व्यक्त गरे ।फरक मत राखेका ५ दर्जन दलहरु मध्ये निम्न लदका प्रमुख तथा प्रतिनिधिहरु ले आज सामुहिक रुपमा ज्ञापन पत्र बुझाएका छन् ।
सहभागी दल तथा नागरिक अगुवाहरू :
१. नागरिक बचाउ दल, नेपाल — सभापति : माधव खतिवडा (कल्पित)
२. राष्ट्रवादी एकता पार्टी — अध्यक्ष : उमा श्रेष्ठ हिमा
३. नेपाल समावेशी पार्टी — अध्यक्ष : मोतीलाल भारती
४. नेपाली जनताका पार्टी — अध्यक्ष : केशव पोखरेल
५. आधुनिक नेपाल समाजवादी पार्टी — अध्यक्ष : कृष्णगोपाल बन्जारा
६. नेपाल समाजवादी पार्टी — प्रतिनिधि : गोविन्द निरौला
७. देशभक्त समाज पार्टी — अध्यक्ष : द्रोण अधिकारी
८. राष्ट्रिय विकास पार्टी — अध्यक्ष : राजेन्द्र साह
९. प्रजातान्त्रिक पार्टी नेपाल — अध्यक्ष/प्रतिनिधि : अमर के.सी.
१०. नागरिक बचाउ महाअभियानका महासचिव – सीताराम भण्डारी
११- स्वतन्त्र नागरिक समाज – अशोक श्रेष्ट्ठ
१२. स्वतन्त्र राष्ट्रिय अभियान नेपाल — अध्यक्ष : वरिष्ठ अधिवक्ता स्वागत नेपाल
१३. यातायात व्यवसायी महासंघ नेपाल — संरक्षक : होमप्रसाद अधिकारी
१४. राजनीतिक विश्लेषक तथा वरिष्ठ अधिवक्ता : बालकृष्ण न्यौपाने









