JIN0TkF.gif
JINuGe4.gif

गगन सँग जन तयार भए शेखर कोइराला?

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगले अन्तिम निर्णय नदिँदासम्म सभापति शेरबहादुर देउवाको बलियो ढाल बनेर उभिएका नेता डा. शेखर कोइरालाको समर्थन क्रमशः खुकुलिँदै गएको छ। देउवा पक्ष संकटमा पर्दै जाँदा शेखर समूहले आज निर्णायक संकेत दिएको छ- देउवाबाट दूरी, आफ्नै बाटोको तयारी।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

देउवा पक्षले आज आफ्ना समर्थकसहित केन्द्रीय समिति बैठक राखिरहेका बेला शेखर कोइराला भने त्यसमा सहभागी नभई आफ्नै समूहको छुट्टै गोप्य भेला बसिरहेका छन्। शेखर पक्षको भेला जारी छ तर यसको स्थान सार्वजनिक गरिएको छैन।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रामक रणनीतिमा उत्रिएको छ। देउवा खेमाले सडक आन्दोलन र अदालत जाने घोषणा गरिसकेको छ। तर, यही मोडमा शेखर पक्ष भने फरक धारमा देखिन थालेको छ।

शेखर पक्ष आन्दोलनको बाटो रोज्ने पक्षमा छैन। बरू, निर्वाचन आयोगले मान्यता दिएको कार्यसमितिलाई नै आधिकारिक मान्दै पार्टीलाई थप क्षति नपुर्‍याई अघि बढ्ने विषयमा उनीहरू लचक हुन सक्ने सम्भावनाबारे छलफल भइरहेको छ। यसले देउवा खेमालाई थप कमजोर बनाउन सक्छ। सबै रणनीतिक प्रक्रिया हेर्दा एक दिन सेखर समूह गगन कै नेतृत्व स्वीकार्न तयार जस्तो देखिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash