
रेशम चौधरीबारे संसदबाटै मागियो प्रधानमन्त्रीसँग जवाफ
२ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउबारे सांसदहरूले प्रधानमन्त्रीसँग जवाफ मागेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले एक जना कर्मचारीले अदालतबाट फर्जी पक्राउ पुर्जी बनाउने आँट गर्न नसक्ने बताए । अदालतबाट फर्जी पक्राउ पुर्जी बनाएर चौधरीलाई पक्राउ गरेर ५ घण्टासम्म काराबासमा राखिनुका पछाडि राजनीतिक सम्बन्ध हुन…