JIN0TkF.gif
JINuGe4.gif

९ सय किलो गाँजासहित मकवानपुरबाट २ जना भारतीय पक्राउ

हेटौंडा –   मकवानपुरको हेटौंडामा मकवानपुरमा ९ सय किलो गाँजासहित २ जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४५ वर्षीय भारतको बलरामपुर विर्तापुर निवासी दुलारे यादब र सहचालक योगेश बर्मा रहेका छन्।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

भारतीय ट्रकमा लुकाइछिपाई भारत लैजाँदै गरेको ९ सय १९ केजी गाँजा प्रहरीले बरामद गरिएको सशस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताए।

सशस्त्र प्रहरीको हेटौंडा औद्योगिक क्षेत्रको टोलीले हेटौंडाबाट जाँचपासका क्रममा भारतीय ट्रक एन एल ०१ एसी २१४४ नम्बरको ट्रकमा ९ सय १९ किलो गाँजा बरामद गरेको हो।

ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डिङ गरेर लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताए।

उक्त ट्रक भारतबाट मकै लिएर चितवनमा अनलोड गरी चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको हुनसक्ने एसपी कार्कीले बताए। पक्राउ परेका २ जनाको थप अनुसन्धान भइरहेको र बरामद भएको गाँजा नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने प्रक्रिया थालिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash