JIN0TkF.gif
JINuGe4.gif

८५ लाख बढिको धनमाल चोरी गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । रातको समयमा चोरी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–९ घर भई हाल काठमाडाैं ठमेल बस्ने ४५ वर्षीय विकास देउला (पोडे) तथा सिन्धुपाल्चोक तौथली गाउँपालिका–७ घर भई हाल काठमाडौँ बूढानीलकण्ठबस्ने ३२ वर्षीय सुमन भन्ने विष्णु श्रेष्ठ रहेका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । गत साउन ६ गते राति बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित सुजन श्रेष्ठको घरबाट रोलेक्स, राडो तथा ओमेगा घडी, सुन र हिराका विभिन्न गरगहना तथा नगदलगायत अन्दाजी मूल्य रु ८५ लाख २६ हजार नौ सय बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानका क्रममा उक्त चोरी भएको धनमाल पासा भन्ने विकास पोडेको साथमा रहेको भन्ने खुल्न आएकाले निजलाई ठमेलबाट पक्राउ गरिएको हो काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

यसैगरी पोडेलाई पक्राउ गरी थप अनुसन्धान गर्दा उक्त चोरी गर्ने कार्यमा हाल प्रहरी वृत्त, मालिगाउँमा अभद्र व्यवहार कसूरको अनुसन्धानको सिलसिलामा थुनामा रहेका सुमन भन्ने विष्णु श्रेष्ठको संलग्नता रहेको खुल्न आएको हुँदा निज पासा भन्ने पोडेलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रवक्ता केसीले बताए ।

साथै निज सुमन भन्ने विष्णु श्रेष्ठलाई यसअघि काठमाडौँ उपत्यकाका विभिन्न प्रहरी कार्यालयबाट चोरीलगायत छ वटा मुद्दा चलेको अभिलेखबाट देखिएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash