JIN0TkF.gif
JINuGe4.gif

६ हजारमै १ वर्ष डिशहोमको ५० एमबीपीएस इन्टरनेट

चितवन –  डिशहोम फाइबरनेटले आफ्नो इन्टरनेटको वार्षिक प्याकेजमा भारी छुट अफर घोषणा गरेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

कम्पनीले नयाँ ग्राहकका लागि वार्षिक ६  हजार ६८५ रुपैयाँ (भ्याट बाहेक) मै ५० एमबीपीएस गतिको इन्टरनेट जडान गर्न सकिने अफर ल्याएको हो ।

यसका साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाइभ-जी डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ । यसअघि ५० एमबीपीएसको यही वार्षिक प्याकेजको मूल्य सात हजार ७९९ रुपैयाँ रहेको थियो ।

कम्पनीले सानदार योजनाको रूपमा ल्याएको यो  १२ महिने प्याकेज अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि तीन सय एमबीपीएस सम्मका प्याकेजहरू जडान गर्न सक्ने छन् ।

जसमा ५० एमबीपीएसदेखि २५० एमबीपीएस सम्मको वार्षिक प्याकेज जडानमा फाइभ-जी राउटर प्राप्त गर्न सकिने छ भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई-सिक्स राउटर पाउने छन् ।

यस अघि कम्पनीले जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिने जनाइएको छ । ५० एमबीपीएसको २४ महिने प्याकेजको मूल्य अफरको रूपमा १० हजार ४९९ (भ्याटबाहेक) रहेको छ ।

ग्राहकले आफू नजिकैको डिशहोम फाइबरनेट डिलर दाइ वा ०१–५९७०३६५ मा सिधै फोन गरी डिशहोम फाइबरनेटको अफर तथा प्याकेज बारे थप जानकारी लिन सक्नेछन् ।

What’s your Reaction?
+1
24
+1
29
+1
2
+1
5
+1
25
+1
20
81025400
hulash