JIN0TkF.gif
JINuGe4.gif

३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

चितवन –  धनुषामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । 

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।   उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन् । उनलाई उपचारका लागि काठमाडौंको न्युरो अस्पताल ल्याइएको छ ।

आज बिहान करिब ३ बजेको समयमा जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोटरसाइकल लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो  ।

What’s your Reaction?
+1
23
+1
0
+1
12
+1
0
+1
0
+1
0
81025400
hulash