ताप्लेजुङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको एक विद्यालयका शिक्षकले विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ ।
सिदिङ्वा गाउँपालिका ६ मेहेलस्थित निलगिरी माद्यामिक विद्यालयमा अध्ययनरत छात्रालाई करणी गरेको अभियोगमा शिक्षकलाई पक्राउ गरिएको हो । पीडित बालिकाको आभिभावकबाट जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूले जानकारी दिए ।
डिएसपी लिम्बुले पक्राउ पर्नेमा सप्तरी जिल्लाको महादेव गाउँपालिका २ का लक्ष्मी प्रसाद शाह रहेको जानकारी दिए । शाह विगत २ वर्ष अघिदेखि सो विद्यालयमा बिज्ञान विषय अध्यपन गराउँदै आएका थिए।
शिक्षक शाहलाई कक्षा ९ मा अध्ययरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा गत भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरी नायव उपरीक्षक लिम्बूले जानकारी दिए । बालिकाको स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरी भनाइ छ ।