JIN0TkF.gif
JINuGe4.gif

सेयर बजारमा आज सामान्य सुधार

सेयर बजारमा बुधबार सुधार देखिएको छ । बुधबार नेप्से सूचक ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा आएको छ । १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

मौद्रिक नीति आउनुअघि राम्रैसँग बढेको बजार त्यसयता भने निरन्तरजसो घटिरहेको थियो । यसअघि सोमबार बजार केही सम्हालिए पनि मंगलबार पुनः घटेको थियो । तर बुधबार फेरि सकारात्मक देखिएको छ । बजार निरन्तर घट्दा सेयर भाउ सस्तो भइसकेको छ । 

यस दिन २६९ कम्पनीको ९३ लाख ६१ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ ।

 यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा बैंकको संस्थापक सेयर र प्रोग्रेसिभ फाइनान्स परेका छन् । 

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash