JIN0TkF.gif
JINuGe4.gif

सुपर फोर अन्तर्गत आज पाकिस्तान र श्रीलङ्काबीच खेल हुँदै

चितवन –  एसिया कपको सुपर फोर अन्तर्गत आज पाकिस्तान र श्रीलङ्काबीच खेल हुँदैछ । खेल दिउँसो सवा तीन बजे कोलोम्बोमा शुरु हुनेछ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

श्रीलङ्का र पाकिस्तान दुवै टोलीले समान दुई खेलमा २–२ अङ्क जोडेका छन् । भारत दुई खेलमा ४ अङ्ककासाथ शीर्षस्थानमा छ । श्रीलङ्का नेटरनरेटको कारण दोस्रो, पाकिस्तान तेस्रो र बङ्लादेश अङ्कविहीन हुँदै पुछारमा छन् । बङ्लादेश सुपर फोरबाटै बाहिरिएको छ ।

श्रीलङ्का र पाकिस्तानबीचको खेलबाट विजेता टोलीको ४ अङ्क हुनेछ । ४ अङ्क हुने टोली शीर्ष दुईमा रहँदै फाइनल खेल्नेछ । तर यदि वर्षाको कारण रद्द भएमा दुवै टोलीको समान ३ अङ्क हुनेछ । नेटरनरेटको कारण श्रीलङ्का फाइनल खेल्नेछ ।

भारत फाइनलमा प्रवेश गरिसकेकाले आजको खेल अनौपचारिक सेमिफाइनल हुने भएको छ । समूह चरणको अन्तिम खेल भोलि भारत र बङ्लादेशबीच हुनेछ । फाइनल खेल आइतवार हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash