JIN0TkF.gif
JINuGe4.gif

सुनको मुल्यमा फेरि नयाँ कीर्तिमान

चितवन –  सुनको भाउले फेरि अर्को कीर्तिमान बनाएको छ । हिजो तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

यस्तै चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो एकैदिन चाँदीको भाउ ९५ रुपैयाँले बढेको थियो ।

मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।

What’s your Reaction?
+1
33
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash