JIN0TkF.gif
JINuGe4.gif

सुक्खा पहिरोले १० घण्टादेखि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भरतपुर चितवन –  नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोला नजिकै सुक्खा पहिरो गएको छ । पहिरोका कारण हिजो बेलुका ८ बजेदेखि सडक बन्द छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अनुसार सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको छ । दश घण्टादेखि सडक अवरुद्ध हुँदा धेरै गाडी रोकिएका छन् । यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय चितवनसँग समन्वय गरी काम भइरहेको छ । सडक खुलाउन अझै केही समय लाग्नेछ । यो सडक पहिरोका कारण पटक पटक बन्द हुँदै आएको छ । ट्राफिक प्रहरीले सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध पनि गरेको छ

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash