JIN0TkF.gif
JINuGe4.gif

सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते

चितवन –  सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा पर्ने पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जीपमा रहेका चार जना घाइते भएका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

गएराति दोलखाबाट सिन्धुपाल्चोकको खाडीचौरका लागि छुटेको बा १५ च ९३७० नम्बरको जीप लामोसाँघु जिरीखण्डको पाँचकिलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा दुई जना पुरुषको ज्यान गएको र तीमध्ये एक जना उत्तम महर्जन रहेका प्रहरीले जनाएकाे छ । अर्का एक जनाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्सपेक्टर सञ्जीवकुमार यादवले जानकारी दिनुभयो ।

घाइते चार जनाको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काभ्रेको धुलीखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash