JIN0TkF.gif
JINuGe4.gif

सार्वजनिक स्थलमा फोहोर फाल्ने १७ जनालाई महानगरद्वारा कारबाही

काठमाडौं –   काठमाडौं महानगरपालिका–३२, कोटेश्वर बालकुमारीस्थित आकासेपुलमुनि राति–राति फोहोर फाल्ने १७ जनालाई पक्राउ गरी महानगरले जरिवाना गरेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

महानगरका अनुसार १७ जनाबाट जरिवानास्वरूप ५० हजार पाँच सय रुपैयाँ जरिवाना गरिएको हो ।

महानगरले फोहोर फालेबापत एक हजारदेखि पाँच हजारसम्म जरिवाना गरेको हो । यसअघि पनि महानगरले पर्चा बाँड्दै हिँड्ने, सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाही गरेको थियो ।

फोहोरमैला व्यवस्थापन ऐन, ०६८ को दफा ३८ मा स्थानीय तहले तोकिदिएको समय र स्थानबाहेक अन्यत्र फोहोरमैला निष्कासन गर्ने, घर कम्पाउन्ड तथा परिसरको फोहोरमैला सडक वा अन्य सार्वजनिक स्थानमा राख्ने, फाल्ने वा थुपार्ने, स्थानीय तहले तोकेको ठाउँमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी सडक वा अन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमको हानिकारक फोहोरमैला राख्ने, फाल्ने, थुपार्ने वा निष्कासन गर्नेलगायत कसुर हुन् । यस्ता कसुर गरे पाँच हजारदेखि एक लाखसम्म जरिवाना हुने ऐनमा व्यवस्था छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash