JIN0TkF.gif
JINuGe4.gif

सामुदायिक विद्यालयमा पढाउनेलाई निःशुल्क स्वास्थ्य बिमा

चितवन –  तनहुँको एक पालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने अभिभावक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस्तो सुविधा दिने भएको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

सामुदायिक विद्यालयको शिक्षा सुधार अभियान अन्तर्गत स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिनुभयो । पहिलो चरणमा यसै वर्ष पालिकाको भौगोलिक विकट तथा आर्थिक रूपले पिछडिएको क्षेत्र वडा नं. ४, ५ र ६ गरी तीन वटा वडामा यो कार्यव्रmम सञ्चालन गरिएको उहाँले बताउनुभयो । अर्यालले भन्नुभयो, “गुणस्तरीय शिक्षा र विद्यालयको खोजीमा बसाइँसराइ गरेर सहर झर्ने बाध्यता अन्त्य गर्न सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न अभियान चलाएका छौँ ।”

कार्यव्रmम सञ्चालनका लागि गाउँपालिकाले आवश्यक नियम, कानुन निर्माण गरी बजेटसमेत व्यवस्थापन गरिसकेको छ । प्रतिव्यक्ति सात सय रुपियाँका दरले गाउँपालिकाले प्रिमियम तिरिदिएपछि बिमितले एक लाख रुपियाँसम्मको स्वास्थ्य उपचार सेवा पाउने छन् । यसले शिक्षा र स्वास्थ्य दुवैमा सुधार हुने विश्वास गरिएको उपाध्यक्ष अर्याल बताउनुहुन्छ ।

सम्बन्धित विद्यालयको सिफारिसको साथमा वडाबाट विद्यार्थी र अभिभावकको विवरणसहितको सिफारिस सङ्कलन गर्ने, बिमा फाराम भर्ने र नवीकरण गर्नेलगायतका काम अघि बढाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार माघसम्ममा वडा नं. ४, ५ र ६ का सम्पूर्ण विद्यार्थी र तिनका अभिभावकको स्वास्थ्य बिमा हुने छ । पालिकाले आगामी वर्ष प्राथमिकताका आधारमा अन्य वडामा पनि यो कार्यव्रmम विस्तार गर्ने लक्ष्य राखेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो ।

सामुदायिक विद्यालयमा अध्ययन गराएमा प्रतिपरिवार तीन हजार पाँच सय रुपियाँ गाउँपालिकाले नै तिरेर स्वास्थ्य बिमा गर्ने जानकारी शर्माले दिनुभयो । गुणस्तरीय शिक्षाको खोजीमा निजी विद्यालयमा गइरहेका बालबालिकालाई सामुदायिक विद्यालयमा फिर्ता गर्ने र सामुदायिक विद्यालयमा पनि गुणस्तर कायम गर्न सहज हुने विश्वास गाउँपालिकाले लिएको छ । शैक्षिक सुधार अभियान अन्तर्गत गाउँपालिकाका जनप्रतिनिधिले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गरिसकेको उपाध्यक्ष अर्यालले बताउनुभयो । सन्तानलाई सामुदायिक विद्यालयमा पठाएका परिवारलाई कर छुट दिने तयारी पनि गरिएको छ ।

सामुदायिक विद्यालयका बाल विकासदेखि कक्षा ५ सम्मका सबै एक हजार दुई सय ‍विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । भवनतर्फ गर्नुपर्ने मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्कबेन्च फेर्नेलगायतका काम चैत मसान्तसम्ममा पूरा गरिसक्ने, नर्सरीदेखि कक्षा २ सम्म स्मार्ट टेलिभिजन राखी सिकाइलाई प्रविधिमा जोड्ने काम भइरहेको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले केही ठाउँका विद्यालय पुग्न विद्यार्थीले घण्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले त्यस्तो ठाउँमा ‘विद्यालय बस’ सञ्चालन गरिएको बताउनुभयो । अभियान अन्तर्गत सिकाइ गुणस्तरतर्फको पक्षमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि ‘एनुअल स्ट्याटस’ वा ‘एजुकेसन रिपोर्ट’ तयार पार्ने तथा विद्यार्थी, शिक्षक, समुदायलगायतमा रहेका समस्या पहिचान गरी समाधान गर्ने काम भइरहेको छ ।

यसै गरी विषयगत रूपमा आवश्यक दरबन्दी विद्यालयमा पूरा गर्न गाउँपालिकाले आफ्नै स्रोतमा शिक्षक परिचालन गर्ने, आँबुखैरेनी क्याम्पसमा युवा परिचालन गर्ने तथा ‘साथी शिक्षक’ संस्थासँग सहकार्य गरेर गाउँपालिकाका सात वटा विद्यालयमा सहकार्य सम्झौता गर्ने तथा निरन्तर अनुगमन गर्ने गाउँपालिकाले जनाएको छ  ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash