JIN0TkF.gif
JINuGe4.gif

सामाजिक सञ्जाल दर्ता नगरी चलाए ५० लाखसम्म जरिवाना

चितवन –  नेपालमा सामाजिक सञ्जालको प्लेटफर्म दर्ता नगरी सञ्चालन गरेमा ५० लाखसम्म जरिवाना हुने भएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था गरिएको छ ।

विश्व बजारमा चलेका सामाजिक सञ्जालको नेपाल प्रतिनिधि सार्वजनिक पद धारण गर्ने व्यक्ति भएर पनि दर्ता नभएको पाइए ५० लाख जरिवानाको व्यवस्था गरिएको छ । तर, नेपालमा दर्ता नगरी सञ्चालन भएका सामाजिक सञ्जालका नेपाल प्रतिनिधि अन्य व्यक्ति रहेको खण्डमा २५ लाख जरिवानाको व्यवस्था गरिएको मस्यौदामा उल्लेख छ ।

यस्तो प्लेटफर्म प्रयोग गरी कसैलाई गाली–बेइज्जती गरेमा, गोपनीयता भंग गर्ने प्रयोगकर्तालाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ । तर, सार्वजनिक पद धारण गरेका व्यक्तिले यस्तो कसुर गरेमा भने दोब्बर अर्थात् १० लाख रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।

यस्तो कसुर दोहोर्‍याएमा पटकैपिच्छे दोब्बर जरिवाना हुने व्यवस्था गरिएको छ ।

What’s your Reaction?
+1
74
+1
11
+1
0
+1
9
+1
24
+1
0
81025400
hulash