JIN0TkF.gif
JINuGe4.gif

साउदीमा २ महिनामा ४३ नेपालीको मृत्यु

चितवन –   वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्यु भएका चार नेपालीको शव नेपाल  पठाइएको छ । दुतावास  रियादका अनुसार पठाइएका शवहरु बर्दिया,पाल्पा, उदयपुर, मोरङ  जिल्लाका रहेका  छन्।  उनीहरू साउदीको अल खलिफ होल्डिङ, अव्दूलाह ओथेम, अब्दुल्लाह अल बारक, र सुल्दान फाहाद, कम्पनीमा कार्यरत थिए ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

दूतावासका अनुसार साउदीमा  १ साउन २०८० देखि हालसम्म विभिन्न कारणले मृत्यु हुनेको संख्या ४३ पुगेको छ । जसअनुसार साउदीको  पूर्वी क्षेत्रमा मात्र २७ जना, रियाद क्षेत्रमा १४ जना र अलकासिम क्षेत्रमा २ जना रहेका छन् ।

रिपोट अनुसार स्वाभाविक मृत्यु २४ ,आत्महत्या ७,ट्राफिक दुर्घटना ३ जना, कार्यस्थल दुर्घटना ४ जना, डुबेर १ जना र कारण नखुलेको ४ जना रहेका छन् ।  यस अवधिमा मृत्यु भएका जम्मा ४३ जनामध्ये ३३ जनाको शव स्वदेश फिर्ता पठाइसकेको छ। ४ जनाको गत मंगलबार पठाइएको हो भने बाँकी ६ जनाएको प्रक्रियामा रहेको छ ।

दूतावासका अनुसार साउदीबाट मृतक नेपालीको शव स्वदेश पठाउनका लागि १ महिना लाग्ने बताइएको छ  जसका लागि साउदी अरबबाट नेपाल शव फिर्ता गर्न धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकोले अलि बढि समय लाग्ने गरेको हो ।

नेपाली नागरिकको मृत्युको खबर  प्राप्त हुनासाथ दूतावासले कम्पनीसँग आवश्यक कागजात उपलब्ध गराउन अनुरोध गरेर  सो कागजात प्राप्त हुनासाथ मृतकको परिवारलाई जानकारी गराउँछ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash