JIN0TkF.gif
JINuGe4.gif

सरकारले सुन प्रकरणमा संलग्नलाई संरक्षण गरेको भन्दै प्रदर्शन

काठमाडौँ– सुन तस्करी प्रकरणमा संलग्नलाई सरकारले नै संरक्षण गरेको भन्दै एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । 

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट विभिन्न समयमा टनका टन सुन तस्करी हुँदा पनि राज्यले कुनै कदम नचालेको र तस्करीलाई राज्यले नै संरक्षण गरेको भन्दै युवासंघले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

सुन तस्करी प्रकरणका नाइकेलाई संरक्षण गरेर सरकारले गरिब भरिया र मजदुरलाई मात्रै समातेको भन्दै युवा संघले आपत्ति जनाएको छ । युवा संघले सुन प्रकरणको गहिराइसम्म पुग्नका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गरेको छ ।

प्रदर्शनमा युवा संघका अध्यक्ष क्षितिज थेवेले दिलिप भुजेललाई समातेर मूल नाइकेलाई छुट दिने काम सह्य नहुने बताए । विभिन्न सामानमा राखेर सुन तस्करी भएको र सरकारमा रहेका व्यक्तिहरूको नै संलग्नता रहेकाले सबैलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । 

युवा संघले पशु चौपायामा लागेको लम्पि स्किन रोगको नियन्त्रणमा ध्यान दिन, सहकारी पीडितको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash