JIN0TkF.gif
JINuGe4.gif

सबैभन्दा बढी कर तिर्ने बैंक ग्लोबल आईएमई बैंक

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको हो । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदरस्वरूप सम्मान पत्र प्रदान गर्नुभएको छ ।

ग्लोबल आईएमई बैंक विभिन्न सूचकहरूमा नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा स्थापित छ । अहिले बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

सन् २००७ मा वाणिज्य बैंकको रूपमा बैंकिङ कारोबार शुरुवात गरेको ग्लोबल आईएमई बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गरी सबल र उत्तरदायी बैंकको रूपमा स्थापित भएको छ ।

आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुसरण गर्दै कार्यसम्पादन गर्दै आइरहेको ग्लोबल आईएमईले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।

ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

What’s your Reaction?
+1
23
+1
14
+1
0
+1
1
+1
12
+1
0
81025400
hulash