संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान: सूर्यदर्शन र सुप्रिम सहकारीबाट ऋण लिएको रवि लामिछाने म होइन

भदै ८ । पूर्व उपप्रधान एवम गृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सूर्यदर्शन र सुप्रिम सहकारीबाट ऋण लिएको रवि लामिछाने आफू नभएको बताएका छन्।

सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले शुक्रबार अपराह्न साढे ४ बजेदेखि राति साढे ११ बजेसम्म लिएको बयानमा लामिछानेले ५० वटा प्रश्नको सामना गरेका थिए।

गोर्खा मिडियाका अध्यक्ष जिबी राईको सहकारीमा संलग्नता थियो भन्नेबारे आफूले ग्यालेक्सी छाडेर आएको महिनौंपछि थाहा भएको पनि लामिछानेले बताएका छन्।

उनले गोर्खा मिडियामा आफू टिभी सञ्चालनको पाटो हेर्न मात्र गएको, महिनाको ५ लाख तलब र अरू सुविधा लिएको छानविन समितिलाई बताएका छन् |’कानुनमा स्वेट सेयरको व्यवस्था नभएकाले जिबीले नै आफूलाई पैसा दिएर त्यही पैसा सेयरका लागि गोर्खा मिडियाको खातामा पठाएको उहाँको जबाफ छ।’

उनका अनुसार आफूले प्रबन्ध निर्देशकको रूपमा दैनिक काम गरेको र आर्थिक जिम्मेवारी जिबी राईले नै जुटाउने गरेको बयान लामिछानेले दिएका छन्। यसबारे राईलाई नै थाहा हुने लामिछानेको भनाइ छ।

उनलाई गोर्खा मिडिया नेटवर्क प्रालि र उक्त संस्थाका संस्थापक जिबी राईसँगको सम्बन्धबारे बुझ्न बोलाइएको छानविन समितिका सभापती सुर्य थापाले बताउनुनु भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *