चेक रिपब्लिक – युरोपेली मुलुक चेक रिपब्लिकको एक विश्वविद्यालयमा अन्धाधुन्ध गोली चल्दा १४ जना मारिएका छन् ।
चेक रिपब्लिकको राजधानी प्रागस्थित चार्ल्स विश्वविद्यालयमा एक २४ वर्षीय युवकले गोली चलाउँदा भएको घटनामा १४ जना मारिनुका साथै २५ जना घाइते भएका छन् ।
समाचारसंस्था रोयटर्सका अनुसार गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । मानविकी सङ्कायमा अध्ययनरत ती विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा भागदौड मच्चिएको थियो ।
ती विद्यार्थीले आफ्नो बुबाको गोली हानी हत्या गरेपछि प्राग विश्वविद्यालयमा गोली चलाएका थिए । चेक रिपब्लिकको स्वतन्त्रतापछि यो हालसम्मकै घातक आक्रमण भएको जनाइएको छ ।
चेक गणराज्यका राष्ट्रपति पीटर पावेलले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उक्त घटना पछि बसेको विशेष मन्त्रिपरिषद बैठकले मारिएकाहरूको सम्झनामा डिसेम्बर २३ का दिन मध्य युरोपेली देशहरूमा शोकको घोषणा गरेको छ ।