JIN0TkF.gif
JINuGe4.gif

विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो

चितवन –  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

दिल्लीमा जितका लागि २ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । भारतका कप्तान रोहित शर्माले विश्व कीर्तिमानी शतक बनाएको खेलमा अफगानिस्तान सहजै पराजित भयो । शर्माले सर्वाधिक १ सय ३१ रन बनाए । उनको यो विश्वकपको सातौँ शतक हो । योसँगै शर्मा विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन् ।

विराट कोहली ५५ रनमा र श्रेयस ऐर २५ रनमा अविजित रहे । इशान किशन ४७ रनमा आउट भए ।

अफगानिस्तानका राशिद खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनाएको थियो ।

अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले सर्वाधिक ८० रन बनाए । त्यस्तै, आजमतुल्लाह ओमरजाईले ६२ रन जोडे । भारतका जस्प्रित बुमराहले ४ विकेट लिए । हार्दिक पान्ड्याले २ विकेट लिए । शार्दुल ठाकुर र कुलदीप यादवले १/१ विकेट लिए । भारतको लगातार यो दोस्रो जित हो ।

भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । अफगानिस्तान बङ्लादेशसँग ६ विकेटले हारेको थियो ।

भारतले पर्सि शनिवार पाकिस्तानसँग खेल्नेछ । अफगानिस्तानले आइतवार इङ्ल्यान्डसँग खेल्नेछ । आज अस्ट्रेलिया र दक्षिण अफ्रिाकाबीच खेल हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash