JIN0TkF.gif
JINuGe4.gif

विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दै

चितवन – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । मुम्बईको वाङ्खडे रङ्गशालामा हुने खेल दिउँसो साव २ बजे शुरु हुनेछ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

सात खेलमा पाँचमा जित निकालेको अस्ट्रेलिया १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । सात वटै खेलमा चार वटा खेल जितेको अफगानिस्तान छैटौँ स्थानमा छ । भारतमा चलिरहेको विश्व कपको सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लगाउन यो खेल महत्त्वपूर्ण रहेको छ । आजको खेल जितेमा अस्ट्रेलिया सेमिफाइनलमा पुग्छ ।

अस्ट्रेलियाले बङ्गलादेशसँग पनि खेल्न बाँकी छ । अफगानिस्तानलाई भने सेमिफाइनलमा पुग्न आज अस्ट्रेलिया र त्यसपछि बाँकी दक्षिण अफ्रिकालाई पराजित गर्नुपर्छ । यसैबीच विश्व कप अन्तर्गत गएराति सकिएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई तीन विकेटले पराजित गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash