वरियता क्रम मिचेर मुख्यसचिव बनाउँदाको असर : सचिव भट्टराईले पनि दिए राजीनामा

भदौ १५ । सरकारले चौथो वरीयताका एकनारायण अर्याललाई मुख्य सचिव नियुक्ति गरेपछि अन्य सचिवहरूले धमाधम राजीनामा दिन थालेका छन्।

नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका मन्त्रालय स्राेतले जनाएको छ।

यसअघि योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए।

भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको थियो । ज्ञवाली पहिलो र भट्टराई दोस्रो वरियतामा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *