JIN0TkF.gif
JINuGe4.gif

लागुऔषध सहित ४ जना पक्राउ

चितवन  –  झापा र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर र गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

बुधबार अपरान्ह झापाको मेचिनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको शिवसताक्षी नगरपालिका-८ का ३५ बर्षीय चन्द्र बहादुर खड्कालाई शंका लागि चेकजाँच गर्दा २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितमा ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लिमचुङबुङ गाउँपालिका-५ का १९ बर्षीय रुपेश कार्की, १९ बर्षीय निर्पन खत्री र चन्दन प्रसाद घिमिरेलाई ४ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash