JIN0TkF.gif
JINuGe4.gif

ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधी

चितवन –  ललितपुर सिटी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

शनिबार राती दशरथ रंगशालामा भएको फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ गोलअन्तरले हराएको हो। ललितपुरलाई जित दिलाउन इमोह एजेकेलले दुई तथा दिनेश हेन्जनले एक गोल गरेका छन्।

खेलमा पहिलो हाफमा धनगढीका लागि ओलावाले अफिजले खेलको ३९ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ललितपुरका लागि इमोह एजेकेले गोल गर्दै ललितपुरलाई बराबरीमा ल्याए ।

तर दोस्रो हाफमा ललितपुरले दुई गोल गरेर ३–२ गोलको जित हात पार्‍याे । ललितपुरको जितमा इमोह एजेकेलले २ तथा दिनेश हेन्जनले १ गोल गरे । उपाधि विजेता ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्‍याे

What’s your Reaction?
+1
67
+1
11
+1
0
+1
0
+1
9
+1
0
81025400
hulash