JIN0TkF.gif
JINuGe4.gif

रास्वपा संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ –   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक अपराह्न ५ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बोलाइएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने बताइएको छ ।

रास्वपाले संसदीय दलमा सामूहिक छलफल गरेर मात्र संसद बैठकमा सहभागी हुने अभ्यास थालनी पनि गरेको छ । 

विभिन्न समितिका सभापति चयन गर्न भदौ ११ गते ३ बजे का लागि कार्यतालिका प्रकाशन भएको छ । सत्ता र प्रमुख प्रतिपक्षबीच संसदीय समितिको भागबन्डा हुँदा राष्ट्रिय मान्यता प्राप्त रास्वपा र राप्रपालाई भने कुनै पनि समितिको सभापति दिइएको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash