JIN0TkF.gif
JINuGe4.gif

राष्ट्रिय परिचयपत्र वितरण सुरु

इलाम- इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

उनले पहिलो चरणमा पाँच सय थान परिचयपत्र आएकाले सोही वितरण गर्न सुरु गरिएको जानकारी दिए । जिल्लाबाट फारम भरी पेस भए पनि पहिलो चरणमा पाँच सय राष्ट्रिय परिचयपत्र तयार भएर जिल्लामा आएको उनले बताए ।

उनका अनुसार अरू अब क्रमशः आउनेछ । यो परिचयपत्र लिन व्यक्ति स्वयं आउनुपर्ने हुन्छ । प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफै आउनुपर्ने जनाएको छ ।

कार्यालयमा एक हजार सात सय ७९ परिचयपत्र आएको भए पनि सुरुमा पाँच सय थान वितरण गरिने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयमै आएर फोटो खिचाएको परिचयपत्र वितरण गरिने प्रशासनले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash