JIN0TkF.gif
JINuGe4.gif

राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगद्वारा दल दर्ताको सूचना प्रकाशित

चितवन  –  आउँदो माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले दल दर्ताको सूचना प्रकाशित गरेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

यसअघि सार्वजनिक भएको चुनावी कार्यतालिकाअनुसार आयोगले आज शुक्रवार सूचना प्रकाशित गरेको हो ।

राष्ट्रियसभा चुनावका लागि पर्सि मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ता गर्न आयोगले भनेको छ । चुनावी कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ ।

यस्तै पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । पुस २० गतेदेखि २९ गतेसम्म मतदाता नामावलीको नाम प्रकाशित गर्ने, त्यसमाथि दाबी विरोध तथा उजुरीहरू लिने, अन्तिम नामावली प्रकाशित गर्ने, उम्मेदवारको मनोनयन दर्ता गर्ने, त्यसमाथि दाबी, विरोध, उजुरी लिने, त्यसमा जाँचबुझ गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने, फिर्ता लिने लगायतका कामहरू हुने आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले प्रदेशको राजधानीमा अनुकूल हुनेगरी मतदानस्थल तोक्नेछ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन आयोगले पछिल्लो जनगणनाअनुसार राष्ट्रियसभा चुनावको मतभार पनि परिवर्तन गरेको छ । राष्ट्रिय जनगणना कार्यालयले दिएको पछिल्लो जनगणनाअनुसार प्रदेशसभा सदस्यको हकमा ५३ र पालिकाका मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको हकमा १९ मतभार रहनेगरी आयोगले निर्णय गरेको हो ।

फागुन २० गते रिक्त हुने २० जना राष्ट्रियसभा सदस्यमध्ये १९ वटा पदका लागि सरकारले माघ ११ गते चुनावको मिति घोषणा गरेको हो । रिक्त १ जना राष्ट्रियसभा सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

What’s your Reaction?
+1
34
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash