JIN0TkF.gif
JINuGe4.gif

राप्तीमा बजार अनुमगन

चितवन –  राप्ती नगरपालिकाको विभिन्न वडाका पसलमा शुक्रबार अनुगमन गरिएको छ । दोस्रो स्थानीय तहको निर्वाचनपछि पहिलोपटक बजार अनुगमन गरिएको हो । राप्ती नगरपालिकाका नगर उपप्रमुख देवेन्द्र लामाको नेतृत्वमा वडा नं–१, वडा नं–२ र वडा नं–३ का विभिन्न बजारको अनुगमन गरिएको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

सो क्रममा व्यवसाय दर्ता भए/नभएको, नवीकरण भए/नभएको साथै गुणस्तरीयताका बारे अनुगमन गरिएको उपप्रमुख एवं अनुगमन समिति संयोजक लामाले जानकारी दिए । ‘यो हाम्रो प्रारम्भिक अनुगमन हो, व्यवसाय नै बन्द गर्ने मनसायले होइन’, उपप्रमुख लामाले भने, ‘अब प्राविधिकसहित निरन्तररुपमा अनुगमन गर्नेछौँ ।’ पहिलोपटक अनुगमन गरिएको उल्लेख गर्दै उनले सचेतरुपमा सुझाव दिइएको बताए ।

राप्तीमा धेरै व्यवसाय करको दायरामा नरहेको गुनासो सुनिँदै आइएकोले राज्यलाई कर छलेर कोही कसैले व्यवसाय सञ्चालन गर्न नहुने भन्दै दर्ता गरी सञ्चालन गर्नुपर्ने उपप्रमुख लामाले बताए ।

अनुगमनमा राप्ती नगरपालिका वडा नं–५ का वडा अध्यक्ष सीताराम तामाङ, ७ की अध्यक्ष सुमिता डल्लाकोटी, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेलसहितको पदाधिकारी, उद्योग संघ राप्ती समिति, नगरपालिकाका प्रशासकीय अधिकृत दीपक थिङ, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash