वडा सदस्य चेपाङमाथिको आक्रमण नगरपालिका र समग्र नगरवासीमाथि हमला भएको र यस्ता अराजक त¤वको कानुनी उपचारमा सहयोग गर्न लामाले अनुरोध गरेका छन् ।
यस्तै, नेपाली कांग्रेस राप्ती नगर समितिले विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि चेपाङमाथि भएको आक्रमणको घोर भत्र्सना गरेको छ । नगर समिति प्रवक्ता सुदीप ओलीले विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिमाथि दिनदहाडै भएको आक्रमणलाई नेपाली कांग्रेसले गम्भीररुपमा लिएको उल्लेख गरेका छन् । आक्रमणमा संलग्न राम सेढाईंसहितलाई कडा कारबाही गर्न कांग्रेसको माग छ ।
यता, आक्रमणमा संलग्न भनिएका राम सेढाईंले कमिसन माग्ने आफ्नो जनप्रतिनिधिलाई नेपाली कांग्रेसले बचाउ गर्न खोजेको आरोप लगाएका छन् । काम गर्दा वडा सदस्य मानकुमार प्रजाले ६० हजार मागेको, तर आफूले २० हजार मात्र दिएको भन्दै बाटोमा स्कुटीको साँचो तानेपछि विवाद सुरू भएको उनले बताएका छन् । एकअर्काबीच हात हालाहाल भएको उनले स्वीकार गरेका छन् ।