JIN0TkF.gif
JINuGe4.gif

यु-१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

चितवन  –  यु-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबईको आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले ४७.२ ‌ओभरमा अलआउट हुँदै १५२ रनमात्र बनाउन सक्यो।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाए। ७६ बल खेलेका उनले ३ चौका र एक छक्कासहित अर्धशतक प्रहार गरेका हुन्। त्यस्तै दीपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

युवा टोलीका कप्तान देव खनाल शून्य रनमै आउट भए भने राष्ट्रिय टोलीको समेत प्रतिनिधित्व गर्दै आएका गुल्शन झा १ रनमै पेभेलियन फर्किएका थिए। नेपाललाई सस्तैमा आउट गर्न पाकिस्तानका मोहम्मद जिसानले सर्वाधिक ६ विकेट लिए। ९.२ ओभर बलिङ गरेका उनले १९ रनमात्र खर्चेका थिए।

What’s your Reaction?
+1
34
+1
13
+1
0
+1
3
+1
9
+1
0
81025400
hulash