JIN0TkF.gif
JINuGe4.gif

युक्रेनद्वारा रूसमाथि सबैभन्दा ठूलो आक्रमण

युक्रेनले रुसका पाँच क्षेत्रलाई निशाना बनाएको छ । युक्रेनले आज बिहान १० देखि २० वटा ड्रोनले एकैपटक आक्रमण गरेकाे थियो। यो हमला युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको बताइएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

रुसको रक्षा मन्त्रालयले युक्रेनले रुसी क्षेत्रलाई ड्रोनमार्फत निशाना बनाएको आरोप लगाएको छ । यसलाई रुसी भूमिमा १८ महिनामा भएको सबैभन्दा ठूलो ड्रोन आक्रमणको रूपमा वर्णन गरिएको छ।

पश्चिमी रुसी सहर प्सकोभको विमानस्थलमा ड्रोन हमला गरिएको हो । सो आक्रमणमा दुई सैन्य यातायात विमानमा क्षति पुगेको छ।

सञ्चारमाध्यमका अनुसार प्स्कोभ युक्रेनको सिमानाबाट करिब ८०० किलोमिटर टाढा रहेको छ। आक्रमणबाट चारवटा आईएल–६७ युद्धक विमानमा क्षति पुगेको थियो।

पछिल्लो हप्ता युक्रेनले रुसमाथि आक्रमण गर्न विस्फोटक ड्रोनको प्रयोग बढाएको यो आक्रमणबाट थप स्पष्ट भएको छ ।

यसैबीच, मस्कोको भानुकोभो एयरपोर्ट पनि आज केहीबेरका लागि बन्द गरिएको थियो । आक्रमणको क्रममा एउटा ड्रोन इन्धन भर्ने कम्प्लेक्समा ठोक्किए पछि त्यसमा आगो लागेको बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash