JIN0TkF.gif
JINuGe4.gif

यात्रु बस दुर्घटना हुँदा १६ जना घाइते

चितवन –  दार्चुलाको महाकाली–५ खिमतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

आज बिहान महेन्द्रनगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको दार्चुलाका प्रहरी प्रमुख (डिएसपी) शिवबहादुर सिंहले जानकारी दिए ।

बस सडकबाट करिब १५ मिटर तल खसेको उनले बताए । दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको  डिएसपी  सिंहले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash