JIN0TkF.gif
JINuGe4.gif

यात्रुबस दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ जना घाइते

चितवन –  सल्यानमा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यान झिम्पेतर्फ जाँदैगरेको ना ६ ख ५४६३ नम्बरको बस हिजो दिउँसो कपुरकोट गाउँपालिका –३ स्थित मुलपानी नजिकै दुर्घटनामा परेको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका –६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका –६ की ४० वर्षीया अनिता बोहराको मुत्यु भएको बताउनुभयो ।

वसमा  सवार यात्रुमध्ये १४ जना घाइते भएका छन् । दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानलका डीएसपी नवीन कार्कीले दुर्घटनाका विषयमा अनुसन्धान भइरहको वताउनुभयो । उहाँका अनुसार बस सडकदेखि करिब ५५ मिटर तल खसेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash