JIN0TkF.gif
JINuGe4.gif

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल असार २२ गते शनिबार तदनुसार सन् २०२४ जुलाई ६ तारिख। असार शुक्ल पक्षको प्रतिपदा तिथि। चन्द्रमा अनुसार व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। जसअनुसार आज तपाईंको दैनिकी यस्तो रहेको छ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

मेष : कामको चाप बढ्नेछ। दैनिक कामले खानपानमासमेत समस्या हुनसक्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट पर्याप्त नाफा हुनेछ। साथीसँगको सम्बन्धमा समस्या हुने देखिन्छ।

वृष : हर्ष बढ्नेछ। सामान्य श्रमबाट उन्नति हुने दिन छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परोपकारका अवसर प्राप्त हुनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

मिथुन : समय अनुकुल छ। साथीले गलत बाटो छोड्न दबाब दिनेछन्। मनमा परोपकारको भावना जागृत हुनेछन्। आज बनाएको योजनाले दीर्घकालसम्म काम दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दिन रमाइलोसँग बित्नेछ।

कर्कट : मन उदास हुनेछ। अशान्ति बढ्नेछ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। लगानी र श्रमका क्षेत्रमध्य स्वास्थ्यमा फाइदा हुनेछ। खर्च बढ्ने योग छ। भएको सम्पत्ति संरक्षण गर्दै दैनिकी चलाउनु राम्रो हुनेछ।

सिंह : लामो समय रोकिएका काम बन्नेछन्। प्राविधिक शिक्षाको क्षेत्रमा भएको श्रमबाट नाफा हुनेछ। वैदेशिक क्षेत्रको आकर्षण बढ्नेछ। राजनीतिक क्षेत्रमा तनाव बढ्नेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : भौतिक सम्पत्ति जुटाउने दिन छ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बौद्धिक क्षेत्रका साथीले दिएको सुझाव मान्नु उपयुक्त हुन्छ। आफन्तसँग सत्य कुरा नगर्दा मन भारी हुनेछ।

तुला : काममा ढिलासुस्ती हुनसक्छ। थोरै बोल्नु राम्रो हुनेछ। शिक्षाको लगानीबाट मन खुशी हुनेछ। परिवारको रचनात्मक सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : बौद्धिक व्यक्तिसँगको भेटले दैनिकी सहज बन्नेछ। नकारात्मक कुराले मन दुःखी हुनेछ। लगानीको क्षेत्र सबल बन्नेछ। परिवारसँग दिन रमाइलोसँग बित्नेछ।

धनु : आज दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक र बौद्धिक गुरुको सुझाव लिने अवसर मिल्नेछ। आमाबाट आर्शिवाद लिनु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नाले दिन रमाइलो बन्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। शेयर कारोबारबाट राम्रो आम्दानी हुने दिन छ। परिवारबाट लिएको सल्लाहले दैनिकी सहज बन्नेछ।

कुम्भ : घरभित्रको विवादले सताउने छ। लगानीका क्षेत्रमासमेत विवाद हुनेछ। आज गरेको लगानी श्रममध्ये वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ। परिवारको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

मीन : मन अशान्त हुनेछ। व्यवहारमा झन्झट आइपर्ने देखिन्छ। गुरुको सुझावले नयाँ योजना बन्नेछ। शिक्षाको लगानीबाट नाफा हुनेछ। बल भन्दा बुद्धिले काम बन्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

What’s your Reaction?
+1
97
+1
40
+1
0
+1
0
+1
28
+1
0
81025400
hulash