JIN0TkF.gif
JINuGe4.gif

माडीको मगोई खोलामा डुबेर १ को मृत्यु

माडी चितवन –  माडीको मगोई खोलामा नुहाउन गएका एक पुरूषको पानीमा डुबेर मृत्यु भएको छ ।माडी नगरपालिका ५, जङ्गेटोल निवासी अन्दाजी ४५ वर्षका गंगाबहादुर विश्वकर्माको मगोही खोलामा डुबेर मृत्यु भएको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

बिहीबार दिउँसो श्रीमती र छोरीसहित रेडहिल पार्क घुमेर घर फर्किने क्रममा खोलामा नुहाउन गएका विश्वकर्मा पानीको गहिरो भागमा पर्दा डुबेका थिए । उनलाई अचेत अवस्थामा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका हुन् ।

मृतकको शव यो समाचार तयार गर्दासम्म माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा रहेको जनाइएको छ । अस्पतालमा प्रहरी र स्थानीय जनप्रतिनिधीहरु पुगेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash