JIN0TkF.gif
JINuGe4.gif

महोत्तरीमा जीपको ठक्करबाट १ को मृत्यु , १ जना घाइते

ढल्केवर –  महोत्तरीमा जीपको ठक्करबाट एकजनाको ज्यान गएको छ भने अर्का दुईजना घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१० लक्ष्मीनियास्थित जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो भने दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र २–०२–००६ प ३४७८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको प्र २–००१च १२३१ नम्बरको जीपले ठक्कर दिँदा गौशाला नगरपालिका–८ का ५१ वर्षीय भुवन ग्राङजाको उपचारको क्रममा बर्दिबासस्थित ट्रमा सेन्टरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका ५० वर्षीय वीरबहादुर मगर र  गौशाला–१२ का ३५ वर्षीय आयुषमान लामा घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका लामाको काठमाडौं तथा मगरको बर्दिबास ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी नायव उपरीक्षक यादवले जनाए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash