JIN0TkF.gif
JINuGe4.gif

भोलिदेखि भरतपुर र रत्ननगरका बिधालय बन्द

भरतपुर । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाले भोलिदेखि शैक्षिक संस्था बन्द गर्ने भएका छन् । भरतपुर महानगरले साउन २६ गतेसम्म बिदा दिन सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

एडिनो भाइरसको संक्रमणका कारण आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । यस रोगको प्रकोपले बालबालिकाहरु बढी प्रभावित भएका छन् । विद्यालयमा समेत संक्रमणको असर बढ्दै गएकाले विशेषज्ञको परामर्शका आधारमा हिँउदे र वर्षे विदाका मिलान गर्नेगरी पाँच दिन शैक्षिक गतिविधि नगर्ने निर्णय भएको महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले बताए ।

रत्ननगरले भने संस्थागत विद्यालय (कक्षा १२ सम्म सञ्चालन भएका)लाई साउन २४ गतेसम्म पठनपाठन रोक्न निर्देशन दिएको छ । सामुदायिक विद्यालयहरु बर्षे विदामै रहेकाले संस्थागत विद्यालयलाई बिदा गर्न निर्देशन दिइएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले बताए । बिदाको सुचना जारी गर्नुपहिला आँखाको सुरक्षा सम्बन्धि सचेतना दिन पनि आग्रह गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash