JIN0TkF.gif
JINuGe4.gif

भरतपुर महानगरले अन्तराष्ट्रिय युवा दिवस मनाउदै

भरतपुर महानगरले अन्तराष्ट्रिय युवा दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ  नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास भन्ने नाराको साथ अगस्ट ६ देखि १२ गतेसम्म दिवस मनाउन लागिएको हो । महानगरले भरतपुरका विभिन्न युवा तथा सामाजिक संघ संस्थासँगको सहकार्यमा विविध कार्यक्रम आयोजना गरेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

साउन २३ गते मङगलबार बेटर चितवनको समन्वयमा विद्यालयहरुमा लागु पदार्थ दुव्र्यशन र मानसिक स्वास्थ्य सम्वन्धी कार्यक्रम हुनेछ । यस्तै २४ गते वुधबार बेटर चितवनकै समन्वयमा भरतपुर भ्रमण वर्ष २०२४ प्रवर्धनात्मक भिडियो प्रतियोगिता हुनेछ । २४ र २५ गते नेपाल रेडक्रस सोसाईटी चितवन र व्लड डोनर्स सोसाईटी नेपालको समन्वयमा विद्यालय कलेजमा रक्तदान सम्वन्धी उत्प्रेरणात्मक कार्यक्रम हुनेछ ।

२६ गते विहान ११ बजे महानगरको सभाहलमा उद्यमी युवासँग अन्तरक्रिया हुनेछ । जसको समन्वय  वे ग्रुप नेपाल र चितवन  सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिसँग भएको छ ।

अन्तिम दिन साउन २७ गते पटिहानीको कभर्डहलमा ५ हजार मिटरको दौड, सांस्कृतिक कार्यक्रम , पुरस्कार वितरण र सम्मान तथा समापन कार्यक्रम हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash