JIN0TkF.gif
JINuGe4.gif

भरतपुर महानगरद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग

भरतपुर चितवन – भरतपुर महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

चिसो बढ्न थालेपछि भरतपुरका नदी तटीय क्षेत्रका विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

चिसोका कारण बालबालिकालाई घरमै बस्नुपर्ने समस्याबाट बच्न कक्षा ५ देखि बाल विकास कक्षाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको नगर शैक्षिक प्रशासन विभागले जनाएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले बिहीबार भरतपुर–२६ स्थित रातापुर आधारभूत विद्यालयबाट न्यानो कपडा वितरण सुरू गरेकी हुन् । मेयर विथ किड्स कार्यक्रम पाँच वर्षदेखि सञ्चालन हुँदै आएको छ । कार्यक्रमको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले हिउँदमा बालबालिका विद्यालयमा अनियमितता हुने गरेकोले महानगरपालिकाले यो कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।

लोपोन्मुख समुदायका विद्यार्थीलाई रू तीन हजार छात्रवृत्ति प्रदान र किशोरीलाई साइकल वितरण गर्दै आएको प्रमुख दाहालले जानकारी दिइन् ।

महानगरीय शिक्षा अधिकृत महेन्द्रप्रसाद पौडेलले चालू आर्थिक वर्षमा २१ सामुदायिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण कार्यक्रमअन्तर्गत भरतपुर शहर पश्चिम क्षेत्रका विद्यालयका एक हजार बालबालिकालाई न्यानो कपडा वितरण गरिएको जानकारी दिए ।

नारायणी नदी र राप्ती नदीको तटीय क्षेत्रमा बसोवास गर्ने अल्पसंख्यक, सीमान्तकृत समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिने भएको छ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि १० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसअघि चार वर्षमा ६५ विद्यालयका सात हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो ।

What’s your Reaction?
+1
124
+1
58
+1
0
+1
0
+1
32
+1
20
81025400
hulash