भरतपुर चितवन – चितवनको भरतपुरमा इलेक्ट्रिक भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बिहिबार राती ११ बजे पुल्चोक–गोन्द्राङ सडक अन्तर्गत भरतपुर महानगरपालिका १२ मिलनचोकमा भरतपुरबाट टाँडीतर्फ गइरहेको बा.०३–००१ ज ४५८ नम्वरको भ्यानले पैदल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते पोखरा महानगरपालिका १ घर भई हाल भरतपुर महानगरपालिका ११ घोलबजार बस्ने ६१ बर्षीय गणेश थापामगर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते थापाको भरतपुर अस्पतालमा उपचारका क्रममा राती ११ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । भ्यान प्रहरी नियन्त्रणमा रहेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
97
+1
+1
73
+1
+1
+1