भरतपुर चितवन – भरतपुर महानगरपालिका–१२, मिलनचोकस्थित कल्भर्टमा मङ्सिर ६ गते फेला परेका दुईवटा शवको पहिचानका लागि प्रहरीले मृतकको स्केच सार्वजनिक गरेको छ ।
११ दिनसम्म पनि शवको पहिचान हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको स्केच सार्वजनिक गरेको हो ।
स्थानीयको सूचनाका आधारमा प्रहरीले दुई छुट्टाछुट्टै जुटको बोराभित्र महिला र पुरूषको शव फेला पारेको थियो । सडेगलेको अवस्थामा फेला परेको शवको हुलियाका बारेमा ७७ वटै जिल्ला र छिमेकी देश भारतमा समेत जानकारी गराउँदा पनि सनाखत हुन नसकेपछि प्रहरीले स्केच नै बनाउनु परेको हो ।
विशेषज्ञहरुले मतृकको अनुहार प्रस्ट्याउने किसिमको डिजिटल म्यानिपुलेटेड इमेज (स्केच) तयार गरेका हुन् । मृतकको हुलिया र शरीरमा भेटिएका चीजवस्तु, चिह्न तथा कपडाहरुको विवरण पनि प्रहरीले सार्वजनिक गरिसकेको छ ।